Rakesh Karki – Mahakabi Devkota Ko Samjhanama

इन्जिनियर राकेश कार्की – महाकवि देवकोटाको सम्झनामा

सात समुद्रलाई च्यातेर हेरेँ
अहा मैले त्यो प्यारो नेपाल देखेँ
माटो ढुंगाले बोलाईरहेको
महाकविको तस्विर टोल्हाईरहेको
लक्ष्मी पुजाको दिन रमाइलो
देउसी भैलोले आँगननै घमाइलो
शुभकामना जन्मजयन्तिको महाकविलाई
हुर्काउँछौँ नेपाली भाषाको छविलाई
खण्डकाव्य, काव्य र महाकाव्य
साझा नेपाली भाषाको भण्डार भव्य
देश विदेशका नेपाली उन्छ यसले
हृदयमा नेपालीपन बुन्छ यसले