Aryabiman Chitrakar – Timi Bujhdainau Sanu

आर्यविमान चित्रकार – तिमी बुझ्दैनौ सानु

दन्त्य कथाका रोबोटहरु यहाँ
साइबरनेटिक घोस्टका पुराण सुनाउछन
तिलिस्मीय सञ्जालहरु यहाँ
गगनचुम्बी महलका कुना ताक्छन
खोइ कहाँ राख्ने हो परमाणु!!!!

फ्लाईओवर पुलका संरचनाहरु
कथित इन्जिनियरका रक्सीका
मसिहरुले कोरिन्छ्न
केरिन्छ अनि च्यातिन्छन….
तिमि के बुझ्लाउ र सानु!!!१

औथेन्टिक ज्यापुहरु गूँला जान्नन्
क्रिसमस र न्यु इयर इव मान्छन
आधुनिक मुर्कुटाहरु घोडा बेची
सिबिआर र दुकाती हाँक्छन
अब कुन मार्ग जानु!!!

हुदैछ धर्ममाथि धार्मिक व्यापार
क्लासिक मोन्कहरु गर्छन
रय्बन र कन्भर्सको सत्कार
मन्त्रहरु भैसके इकोनोमिक उपहार
रहन्न कुनै विकल्प कुनै उपाय
तस्बिरबाट निस्की क्याजुअल बुद्ध
मचाउछन धाँय धाँय
खोइ कुन धर्म मानु!!!
तिमि बुझ्दैनौ सानु !!!