Komal Shrestha Malla – Naayeni Hunthyo Aba

कोमल श्रेष्ठ मल्ल – नआएनी हुन्थ्यो अव

अहो अहो !
थरि थरि ????
भाषा यसरी लेखिन्छ अब
भेष यसरी फेरिन्छ अब
जात उर्लेको बाढीमा
मानौ निरिह पशु झै
आमा रेटिन्छीन अब
यो बेमानी अब नआएनी हुन्थ्यो अब
रगतको लिपपोतमा
रातो रातो भोज भतेर हुन्छ अब
समाबेसीको लगतमा
खै को को पर्छ अब ??
यो सोनामी अब नआएनी हुन्थ्यो अव !!
म उनी

हाम्रा
टुक्रा टुक्रामा बाँडिन
छत उधार्नु पर्छ अब
आगन काट्नु पर्छ अब
राहदानीमा माया साट्नु पर्छ अब
यो जवानी अब नआएनी हुन्थ्यो अव !!