Rakesh Karki – Neta (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – नेता (गजल)

जताजता फाईदा छ उताउता ढल्कीदिन्छु
कुर्सी के चाखेथेँ घरी घरी पल्कीदिन्छु

मीठा मीठा सपनाका ताजमहल देखाएर
जनताअघि जनताकै हुँ जस्तोगरी झल्कीदिन्छु

तर्साउँदा मान्नेलाई आउन्जेल रस निचोरेर
नमान्नेको गाँस बास कपासमा सल्कीदिन्छु

दिनभरी भाषण गर्दै ठूलाठूला कुरा गर्छु
साँझ परे चपाउँदै ह्विस्कीसंगै छल्कीदिन्छु

रातापिरा गाला मेरा भुँडी अलि बढे पनि
देश बिदेश श्रीमतीको गहनासंगै टल्कीदिन्छु

लस् एन्जेलस्