Komal Shrestha Malla – Sabai Lai Chetana Bhaya

कोमल श्रेष्ठ मल्ल – सबैलाई चेतना भया

पावन,पुण्य,तपो,कर्म र शान्तिभूमी हो
कपिलबस्तु लुम्बिनी नेपालको ।
अमर,महान,जीवन्त गहना हो नेपाल आमाको ।
मेरो बुद्ध, सिद्धार्थ गौतम बुद्ध ।
अहो ! खुलम खुल्ला अन्याय अत्याचार गरेर
कपिलबस्तु लुम्विनी अन्त कतै बन्न,सर्न सक्तैन
ए बिश्व, शान्तिका अनुयायी तिमी साक्षी छौ,
रोकी देऊ मेरो कपिलवस्तु लुम्बिनीको चोरीलाई,
लुट्न,चोर्न,सार्न र मार्न नदेऊ
मेरो कपिलवस्तु लुम्बिनीलाई ।
मेरो सगरमाथा !
सहीद बिभूति र वीर वीरग्ङनाको गाथा
अजय छ, अमर छ, सुन्दर र शान्त छ ।
दक्षिणको उदन्डताको निरन्तरताले
नेपाल आमाका वीर सपूतहरुको हात,काध
र साथ बिस्फोट नहोस, जस्ले तहस नहस गर्नेछ
ए बिश्व तिमीलाइ थाह छ ?
अशान्तिले के के गर्छ ???
मेरो कपिलबस्तु लुम्विनीले सश्त्र अश्त्र बोक्दिनन्
तर
सहनुको अर्थमा
उस्का सन्ततिहरु चुप लागेर बस्न पनी सक्तैनन्
आगो बनेर दन्कन सक्छन,
पानी बनेर उर्लन सक्छन,
पवन बनेर लम्कन सक्छन ।
तिमीलाइ थाहा छ ?
बुद्ध हो नेपाल,
नेपाल हो बुद्ध ।
केबल शान्तिमा हेर्छ,
शान्तिको स्वास फेर्छ,
शान्तिमा बाँच
र सधै शान्तिलाई बचाउ भन्ने गर्छ ।
हो, सत्य हो शान्तिको प्रयोगशाला हो
कपिलवस्तु लुम्बिनी सिङ्गै नेपाल,
माया प्रीत श्नेह,भातृत्व र शान्तीको उदगम
पावनभूमी हो कपिलवस्तू लुम्बिनी नेपाल
अहो ! यो शान्ती
अशान्तीमा बिस्फोट भए के होला ?
ज्वालामूखी आँधी तुफान,आगो भै दन्के के होला ?
अतिबृष्टी रन्के, अनावृष्टी सन्के के होला ?
त्यसैले चेतना जगाई देऊ चोरको ।
कपिलवस्तू लुम्बिनी सबैको साझा हो
नेपाल,नेपाली र विश्व शान्तिको राजा हो ।
शान्ति, केबल शान्तिको थलो
मेरो कपिलवस्तू लुम्बिनी नेपाल
बिस्फोट हुन नपरोस
सबैलाई चेतना भया ।