Baidhanath Upadhyaya – Bheed

वैद्यनाथ उपाध्याय – भीड

मनभित्र घात गर्दछ
मान्छेहरुको भीडमा
एक्लो हुनूको पीडा !

तँछाड र मछाड
धक्का-मुक्की गर्दै
अघिबढने होड !

यो के हो ?
कुनै स्पर्धा हो
या मान्छेको सभ्यता !

भीडबाट धकेलिएर
कीनार लागेको म
नियालिरहेछु

शहर अनि मान्छे
मान्छे अनि शहर
निरन्तर दौडिरहेछ ।

क्षितिजमा
सुर्यास्तको तरखर चलेको छ
तर यो भीड जाँदैछ कहाँ..