Bishnu Sharma – Chahana

विष्णु शर्मा – चाहना
(Source: मधुपर्क माघ, २०६८)

आफूलाई सचेत हुँ भन्ने पगरी लगाउँछ
व्यवहारमा चेतना शून्यता दर्शाउँछ ।
खै म कसरी भनूँ मानिस सर्वश्रेष्ठ प्राणी हो भन्नेलाई
खै म के गरुँ यही नै सही भनी अड्डी कस्नेलाई ।
मान्छे आफूलाई सत्य र न्यायको पक्षधर ठहराउँछ
पाइला पाइलामा स्वार्थ लुकाउँदै होस् गुमाउँछ ।
खै म कसरी चिनुँ मान्छेको चाहनालाई
खै म कसरी रोकूँ पत्तै नपाई प्रकट भइदिने इच्छाहरूलाई ।
मान्छे इज्जत, सम्मान र आत्मसम्मान गराउन चाहन्छ
अनास्था, विवेकशून्य र व्यभिचार अरूलाई गर्छ ।
खै म कसरी खुट्याऊँ मानिसको प्रेम गर्ने चाहनालाई
खै म कसरी सिकाउँ शान्ति बाहिर खोज्न हिंड्नेहरूलाई ।