Shailendra Sakar – Joon

शैलेन्द्र साकार – जून
(Source – मधुपर्क माघ, २०६८)

मैले उसलाई भेँटे
खेलिरहेको पिङमा
भाँचिएको रूखमा
अल्झिरहेको अनुहार
चम्किलो पैसाजस्तो
घाँस गुमाएको
हिउँको थुप्रोमा
खोजिरहेको हरियो पात
मैले उसलाई भेँटे
छाना माथि
खोजिरहेको कुनै साथी
हो उसलाई भेटेँ
एकदिन चटरटानमा
खोजिरहेको आफ्नै अन्त्यानुप्रास
चङ्गाजस्तो आकासमा
पुरानो रङजस्तो
कागजमा
खेलिरहेको बालकजस्तो
जून
जूनभित्र ।