दिनेश चापागाञी- ऋषिकेश: पाँच हाइकुहरू
चिसो बिहानी,
विष्णुसहस्र नाम —
वानप्रस्थमा ।१।
छड्के घाम,
झिलिमिली तारा झैँ —
हरियो गङ्गा ।२।
सुक्खा बतास,
योग योगी र ध्यान —
चिसो बालुवा ।३।
गोधूलि साँझ,
हनुमान शिलामा —
मस्तराम झैँ ।४।
उज्यालो रात,
कीर्तन आरतीमा —
शिव आनन्द ।५।