Chandra Gurung – Aama

चन्द्र गुरुङ – आमा

सुनाउँछिन् तल्लोघरे काइँली बज्यै
यसरी टकटक्याउँदै विगत
कि-
बिहेपछि बासित यो घर आइपुग्दा
निकै लजाएकी थिइन् रे
मेरी आमाको अनुहार !

भन्छिन् काइँली बज्यै-
त्यसपछि
आमाको आगमनपछि
हरक्षण
मुस्कुराउँथे यो घरका भित्ताहरू
फुल्थे खुशी चारैतिर
चराचुरुङ्गीले गीत गाउँथे पिँढीहरूमा
खेल्दै उप्रिmँथे बच्चाहरू घरआँगनमा
रमाएका देखिन्थे गोठमा गाईवस्तुहरू
छानाभरि परेवाहरू गुन्ागुनाउँथे जीवनसंगीत ।

केही त
म आफै पनि बयान गर्न सक्छु-
आमाको कारीगरी भोटोमा
कुनै स्वपनदेशको राजकुमारझैँ मुस्कुराउँथे म्ा
आमाले
मेरो बच्पन सम्भारेको थोत्रो कोक्रो
झुण्ड्याएको छ घरको दलिनमा
भन्छिन् आमा-
“तिमी र मेरो बीच परदेसको धर्सा कोरिँदा
सम्झना दिलाउने त्रि्रो
यही कोक्रोले त हो नि । ”
यस्ता थुप्रै कुराहरूको पोको खोल्छिन् आमा
हाम्रो भेटमा ।

अझै
मुस्कुराइरहेका छन् यस्ता यादहरू-
आमाको पछ्यौरीले मुख छोप्दैमा
सारा बाल चर्तिकलाको लाज ढाकिएकोझैँ हुन्थ्यो ।
आमाको पिठ्युँ पछाडि लुक्दैमा
लाग्थ्यो संसारैले नै भेट्न नसक्ने मलाई
र, आमाको काखमा बटुल्थे
रंगीचङ्गी खुशीहरू संसारभरिका
छन् यस्ता थुप्रै कुराहरू सम्झनालाई ।

मेटिएका छैनन् ती क्षणहरू-
बेस्मरी चुट्दा पनि
उनकै काखमा घोप्टिनु जाने
उनैलै दुइ हातले बेर्नु पर्ने
अचम्भ लाग्दो हुँदो रहेछ आमाको ममता !
आमाको दर्शनले
हर नौलो बिहान उदाउँथ्यो
आमाकै यताउतिमा घुम्थ्ये मेरा दिनहरू
र, आमाअघि नै अस्ताउँथ्यो हर साँझ मेरो ।

खै कता कताबाट
उड्दै उड्दै आउँछन् विगतका यस्ता स्मृतिहरू-
बर्षामासमा घरको छानो
त˜˜˜˜प त˜˜˜˜प चुहिएर
समष्याहरू झर्दा
हामीलाई ढुक्क पार्नु हुन्थ्यो आमा ।
छापिएका छन् मनमस्तिष्कमा राम्रै ती पलहरू-
नहँुदा गाईवस्तुलाई घाँस
कति दुःखी बन्थ्यो आमाको मन ।
परालको कुन्यौझैँ अग्लिन्थ्यो उनको माया
खोलाझैँ सलल बग्ने उनको व्यवहार
साँच्चै, कति सहज मेरी आमा !
हावाझैँ मोहक बोलीवचन
कति स्वच्छ र माधुर्य मेरी आमा ! !
हिमालझैँ शान्त
कति निश्चल र सुन्दर मेरी आमा ! ! !

मेरी आमा
खुशीयालीमा थप रंगा भर्न भनि
देवीदेवतालाई प्रसाद चढाउन,
दाउरे/खेतालाहरूलाई बेलामौकामा टक्रयाउन
दस/बीस पाथी कोदो जाँडलाई
धोक्रोहरूमा जतनका साथ थन्कयाउनु हुन्थ्यो ।
वर्षदने चार्डपर्वलाई निम्तो गर्न
सधैँ सधैँ
हामी बच्चाबच्चीलाई हषिर्त पार्न
आगन्तुक पाहुनालाई सम्मान गर्न
बीस/तीस पाथी धान भकारीमा सम्भालनु हुन्थ्यो ।
कहिलेकाहिँ झुल्किने
दूर गाउँ पुगेका छोरीचेलीलाई भन्दै
आसपासकार् इष्टमित्रलाई सम्भिmँदै
पाँच/छ माना भटमास
पाँच/छ माना तिल
पाँच/छ माना तोरी
पाथीहरूमा छुट्टयाउनु हुन्थ्यो ।
यसरी
गणित सिक्दै गरेकी कुनै नानीझैँ
औँलाहरू भाँच्दै हिसाब गर्थिन् मेरी आमा ।

आगे-
आज औँसीको कालो रात
यो पूर्र्णो चिलाउनेको फेदमा
भाकलको कालो भाले काट्नु पर्छ- सम्झाउँथिन् आमा ।
यस्तै-
ग्रहहरू अनेक छन्
तर जून एक्लै हुन्छ किन ?
गाउँ वरिपरिका हिमाल पहाडहरू ठूलाठूला
तर ताराहरू साना देखिन्छन् किन ?
पानीमा निलो
तर घाँसपातमा हरियो बैँस चढ्छ किन ?
एक डल्लो घाम पर्ूव हुँदै पश्चिम
तर खोलाहरू ओरालो मात्र धाउँछन् किन ?
यसरी
थुप्रै थुप्रै पाठहरू
पढाउँथिन् बच्पनमा मलाई मेरी आमा ।

“यो साँझ,
भैँसीलाई घाँस थोरै भाको छ
अबेर राति कराउन सक्छ त्यो ।”
अड्कल्नु हुन्थ्यो आमा ।
“हलिया ठाइँलालाई
एक पाथी मकै दिनु
अनिकालले कवाज खेल्दै छ उसको घरमा ।”
माया बाँडथिन् आमा ।
दुःखपछि सुखको पालो
अँध्यारोमा पनि उज्यालो खोज्न
हमेशा सिकाउनु हुन्छ जीवनमा आमा ।

“आज,
तिम्रो बाबा मातेर आउनु भएको छ
जोगिएर बस्नु ।”
सतर्क पार्नु हुन्थ्यो आमा ।
“साँझ,
गाउँमा जात्रा छ
भरै गोली मिर्ठाई किनी खानु ।”
हातमा राखिदिनु हुन्थ्यो एक रुपैँयाको न्यानोपन
मेरी आमा ।

मेरा तेन्जिङ्ग खुट्टाहरूले
हिँडेका छन् आमाको साथमा घाँसदाउरा
नापेका छन् आमासँगै वल्लोपल्लो गाउँको दूरी
मेरा यी हातहरूले
गरेका छन् आमासित लेकबेँसी
गरेका छन् मेलापात
सिकेका छन् जीवनलाई सुन्दर बुन्न ।
आमा नै मेरो साथको साथी
आमा नै मेरो दिलको दौँतारी
आमा नै मेरो मायालु मनमीत ।

सधैँ सधैँ
आमाको मन रमाउँदा
मेरो मुहारमा खुशी फुलेको छ
आमाका आँखाहरू रसाउँदा
मेरो हृदयमा अमिलो हुरी पसेको छ
आमाको सुरीलो आवाज काने पर्दामा ठोक्किँदा
नयाँ उत्साह चलेको छ ।
आमा नै मैले देखेको संसार
आमा नै मैले भोगेको जीवन ।

मैले
थाप्नु पर्दा हत्केलामा चोटहरू
आमाको मुटु चर्किएको चाल पाएको छु ।
हिँड्दा हिँड्दै
लड्दा बाटो बीचमा म
आमाका दुइ नयनहरू रुझेकोे देखेको छु ।
कति कुदे होलन्
मेरो लागि आमाका दुइ पाइलाहरू
कति खटे होलन् मेरै निम्ति
आमाका दुइ कोमल हातहरू
आमाका अधरहरूमा
कति चुम्बनहरू जन्मे होलन् मेरो लागि
कुनै हिसाब छैन यो जुनीमा ।

कति अनिँदा रातहरू
लेखिए आमाको कथाहरूमा
कति बेचैन दिनहरू
उदाए र अस्ताए आमाको वरिपरि
कस्ता कस्ता खालके
थुप्रै थुप्रै पलहरू
आएर गए आमाको यो यात्रामा
तर
च्याउरिएको अनुहार आमाको
कापकापमा
एउटा सुन्दर जीवन लुकेको देख्छु ।
हाडछाला औँलाहरूमा
मायाको र्स्पर्श सलबलाइरहेको भेट्छु
एक जोर बूढी आँखाहरूमा
आशाको उज्यालो फैलिएको पाउँछु
सधैँ ।

ती दुइ बुढौली खुट्टाहरू
जो चढे मेरै निम्ति
अग्ला अग्ला पहाड ओकालीहरू
झरे बेँसी खोँच ओरालीहरू
ती खुट्टहरूमा
संसारभरिका खुशी कोशेली टक्रयाउन चाहन्छु ।
एक जोर धमिला आँखाहरू
जसले सधैँ
हेर्न चाहे मेरा सुदिनहरू
देख्न चाहे हरपल हिँडेको मैले सुपथमा
ती आँखाहरूमा
नयाँ नयाँ सपनाहरू सजाइदिन चाहन्छु ।
आमाका जीर्ण कानहरू
जसले ध्यानपूर्वक सुने मेरा अनुरोधहरू
जसले सहे मेरा मीठा/नमीठा वचनहरू पनि
ती कानहरूमा
गुन्गुनाउँन चाहन्छु जीवनका सुमधुर गीतहरू ।

म,
आमाका हातहरू समाउँदै
छाम्न चाहन्छु ती सानाठूला खोलाहरूको गहर्राई
नाप्न चाहन्छु ती काठे पुलहरूको लम्बाई
टेक्न चाहन्छु ती अग्ला भीरहरूको उँचाई
-जहाँ पुग्न मन तर्सिन्थ्यो
आमाले नै बोकी लानु हुन्थ्यो मलाई ।
आमाले जो देखाए/चिनाए
अनेकथरी घाँसपातहरू
हरियो वनजंगलहरू
पहाडी खोलानालाहरू
देउराली भन्ज्याङ्ग चौतारीहरू
सब, ती सब
डुलाउन चाहन्छु आमालाई आफूसँगसँगै ।
फेरि देखाउन चाहन्छु
मेरी आमालाई
उनले चिनापर्ची गरेको गाउँघर
उनले बाँच्नु पर्ने संसार
उनले बिताउँदै गरेको जीवन ।

मेरी आमा
पहाडझैँ अडिग आँट सँगाल्दै
हरियो डाँडाकाँडाझैँ सदाबाहर माया बोक्दै
कदम…..अर्को कदम
फेरि अर्को कदम गर्नु हुन्छ यात्रा
यात्रा……अर्को यात्रा
फेरि अर्को यात्रा बाँच्नु हुन्छ जीवन ।

यी सप्पै सप्पै लेख्दै छु कविता
यसरी
एउटा छोरोले
सुनाउँदै छु ममताको अजम्बरी गाथा ।