Prakash Dhamala – Aama Ra Tasvir Haru

क्षितिजकोमित्र’ प्रकाशधमला – आमा र तस्विरहरु
(अस्ट्रेलिया)

पहिले पहिले मेरी आमा
थाल भरि ममताका राता अक्क्ष्यता
आस्थाका फूलपाती
निस्चलताका अम्खोरा बोकेर
मन्दिर धाउनु हुन्थ्यो

हरेक बिहानी शिला पुज्नु हुन्थ्यो
सायद आमालाई ढुंगा भगवान भनि सारै विश्वास थियो /
म देखि रहनथें पूजा कोठाको दाया पट्टि
एक निर्जीव तस्विर
एक अपुरो तस्विर
एक अपूर्ण तस्विर
आमा, उही तस्विर छुनुहुन्थ्यो र
भन्नु हुन्थ्यो “नानी मन्दिरमा बाबाको द्रिघायुको कामना गरिर’छु
तिम्रो प्रगतिको कामना गरिर’छु
वहिनीको सफलताको कामना गरिर’छु ”
फेरी छुनु हुन्थ्यो तस्विर र भन्नुहुन्थ्यो
“हामी सबैको कामना यिनले पुरा गरिबक्संछन”
सायद आमा महाराजालाई बिष्णुको अवतार मान्नुहुन्थ्यो /

पोर सालको आगलागीमा घर जलो
लुगाफाटा जले
बाख्रा पाठा जले
भगवान कृष्ण ,भगवान राम ,लक्ष्मी, सीता
सरस्वति माताको तस्विर पनि जले
यति मात्र होइन मेरी आमाको सौभाग्य पनि जलेछ
तर आमाले जतन गरि राखेको उही तस्विर
जल्नबाट बचेछ
आमासंग अहिले उही तस्विर छ
अलि फाटे जस्तो
अलि दोब्रे जस्तो
अलि पुरानो जस्तो
तर चिनिने जस्तो /
मेरी आमा तस्विर हेर्दै अतित सम्झे भन्नुहुन्छ
मेरो पुरानो घाउ सम्झे भन्नुहुन्छ
साँची
एउटा कहाली लाग्दो इतिहास सम्झे भन्नुहुन्छ
मेरी आमा यो समय
तस्विर सर्बजनिकरण को पक्ष लाग्नु भा छ
फोटो कापी गरि
बाटा बाटामा तस्विर छर्नु भा’छ
रुख रुखमा तस्विर झुन्डेउनु भा’ छ
खोला नालामा बगाउनु व्यस्त हुनुहुन्छ
अनि बर्बराउनु हुन्छ कि
“म तस्विर को सामुहिक हत्या मा छु/ ”
तर तस्विर रुख रुख बाट हराउदै छन
खोला नालाबाट बट्टूलिदैछन्
बाटा बाटाबाट समलिदैछ्न
छिमेकी दाई तस्विर खोजीमा व्यस्त छन्
ओरिगिनल कापीको बर्गनिंग गरि राछ
मयूसेममा राख्नु पर्छ भनि राछ
देमोग्रफ्य इम्बलांसको प्रसङ्ग उठाई राछ
आमा मौन हुनुहुन्छ
निसब्द हुनुहुन्छ
आमा इतिहासिक स्तम्भ झैँ एकहोरो हुनुहुन्छ
सायद आमा स्तम्भ नै हुनुपर्छ
इतिहास को
अतितको
पीडाको
अनि ब्रिहंगनाको /
म पहिले पहिले जस्तो देखि राछु सबै सबै
तर आमामा किन किन सधै सधै
तस्विरको जस्तो सालिनता पाउदिन
आमा र तस्विर किन हो किन
म सतप्रतिसत फरक पाउदैछु /

(Sent to Sanjaal Corps via Email)