“क्षितिजकोमित्र” प्रकाश धमला – सम्झना सर्जेरी
बिहानै ५ बजे तिर लाक्पा, ठुले भाई , तिल्चन
मलाई बोलाउन आउथे
जेठा छिटो उठ न कस्तो जाडो भै सको
अह! आज त सलाई पनि बोक है
आज तिम्रो टन …..
ठुले! हिजो को भन्दा पनि टाडा जानु पर्छ ल
हामीले मात्र आगो ताप्ने नि
साले बनजाचे पनि नपुग्ने ठाउमा जानु पर्छ
ए! सुन त आमाले नदेख्ने गरि एउटा सिखर, खुकुरी,
नभए बिजुली सम्म पनि बोक है …….
यस्तै थियो मेरो या हाम्रो बाला पन
साच्चै पराले झुप्रो भए पनि हाम्रो घर थियो
ममता थियो, साथी भाई थिए ,
पानी बर्सेनि चुयेपनी हामी खुसि थियेउ
निस्फिक्री किन किन रमाई राको हुन्थियोउ
सायद माटोले हामीलाई चिनेको थियो या
हामीले माटोलाई चिनेको थियोउ |
हाम्रो साझा कोठा , हाम्रो सबैको कोठा
तिल्चनले किर्तन रूम भंथियो
लाक्पा ले सितिंग रूम भंथियो
ठुले भाईले हाम्रो माथ्स प्राक्टिस रूम भंथियो
जे भने पनि सिमित एउटा कोठा थियो
वरी परि बासका भाटाले बारेको
एक तिरको भित्ता भरि गान्धीको, बुद्धको, बिष्णुको, येशुको
लिंकनको , ठाकुर बाबाको, राजा बिरेन्द्रको
फ्रम गरिएका तस्विरहरु थिए
अर्का तिरको भित्तामा निगेरा फल्स,
ओपेरा होउस, ताजमहल, ग्रेअट पिरामिड,
फेवाताल, मोनालिसाका तस्बिर हरु थिए
अनि क्लास २ मा हुदा
सन्तबीर दाई ले देनु भएको भुटानको मेप|
साच्चै समाचारपत्रले सजाको हाम्रो कोठाको
प्रतेक खबर पत्रिकामा साथीको सम्झना थियो,
आमाबाबाको माया थियो, छर छिमेकको प्यार थियो
पुराना पुराना टालाहरुमा पनि देशको याद आउथ्यो
तर अहिले यो बिरानो देशमा न त साथी भाई छन्
न त तस्विर हरु नै फ्रम गर्न मन पर्छ
यहाँ न कसैले बुद्ध चिन्छां न कसैले ले दुख बुझछन्
अहिले को मेरो कोठा खाली छ, सुन्य छ
एउटा लाटो भाडाको बुढो खाली कोठा जस्तो
हरेक साझ उही ठाउको याद आउछ
हरेक बिहान मलाई उही सिसू घारी मा आगो तापू तापू लाग्छ
यो मुलुक मा आगो नतापेको वर्ष पो भएछ
हिजो मात्र कोठाको बार्दलीमा मगन्ते कुर्सीमा बसेर हेरे
माटो, हावा, पानी, आकाश, घाम, जुन ,
लाग्यो समान रहेछन ….. उता को या यता को
मलाई रातहरुमा सम्झना यादका फुलहरु बोकेर
बिउझौन आउछिन
अनि भन्छिन तिमीले मलाई किन सधै बोलौछौ ?
तिम्रो समिपमा यो समय मलाई बस्न अधिकार छैन
म तिम्रो लागि खतरा रोग भैसके … तिमीलाई था छ ?
म झस्कन्छु ,,,, म आतिन्छु
हतार हतार अस्पताल जादैछु र भन्दै छु डाक्टर लाई
डाक्टर साहेब म सम्झना सर्जेरी गर्न चहान्छु |
(Sent to Sanjaal Corps via Email)