Pratima KC – Khushi Ko Barko Odhera Aau (Nepali Gajal)

प्रतिमा के.सी. – खुशीको बर्को ओडेर आउ

शान्ति सुरक्षा माया र सद्भाव जोडेर आउ यसपाली तिमी
प्रेमको चोलीमा खुसीको बर्को ओडेर आउ यसपाली तिमी

महिला पुरुष जात धर्म भन्दै किन भैरहेछ यो भिन्नता
विभेदको ठुलो पर्खाललाई फोडेर आउ यसपाली तिमी

मानवले मानवको अस्तित्व बुझ्ने महाज्ञानको शिक्षा दिन
मानव अज्ञानताको जंजीर तोडेर आउ यसपाली तिमी

तीतोपिरो देखिन्छ जताततै नेपाली आकाश धर्तिमा पनि
बैमनस्यताका ऐजेरुहरु गोडेर आउ यसपाली तिमी

सबै नेपाली तन मनहरुलाई सुख समृद्धि दिलाउन
अलिकति कतै गन्तब्य तिम्रो मोडेर आउ यसपाली तिमी

दुई हजार अठसट्ठी ! तिम्रो स्वागत गरिरहेकाछौं हामी
रिस राग अनि स्वार्थका लड्डू छोडेर आउ यसपाली तिमी

१ बैशाख २०६८ / (नयाँ बर्ष २०६८ को उपलक्ष्यमा रचित )
(Sent to Sanjaal Corps via Email)