बिष्णु सिलवाल छेत्री – पल पल
पल पल मर्ने गर्छु ,बर्सौ बाँच नभन
थोपा थोपामा प्यास मेटछु सागरको कुरा नगर
संघर्षमै जीवन बित्यो प्रगति के भो नसोध
एकान्तमा एक्लै रुन्छु ,सुखको कुरा नगर
पश्चातापमा जलिरहेछु गल्ति के भो नसोध
आजित छु दुनिया देखि मानवताको कुरा नगर
मजबुरीको दास हु म सम्झौता के हो नसोध
संवेदना सारा हराइसक्यो स्नेहको कुरा नगर
पसिना र आँसु मात्र हाल के छ नसोध
रोम रोममा पिडा हुन्छ दुखाई के हो नभन
हिडदा हिडदै थाकिसके गन्तब्य कहाँ छ नसोध
आखा भएर नि अन्धो भए ज्योति को कुरा नगर
पाइला पिच्छे असफलता सफलता के हो नसोध
आधार नै भत्किसक्यो छानो हाल्ने कुरा नगर
जानुथ्यो पूर्व पुगेछु पश्चिम लक्ष्य के थियो नसोध
सुरु नभई अन्त्य हुने कथाको कुरा नगर
शब्द छैन चोट पोख्न्ने बेदेना के हो नसोध
दुख्ने घाउ भयो जिबन नुनचुक नछर्क !!
(Sent to Sanjaal Corps via Email)