Pratima KC – Prem Diwasle Badhaos Prem (Nepali Gajal)

प्रतिमा के.सी. – प्रेम दिवशले बढाओस प्रेम (गजल)

प्रेम गर्नु प्राकृतिक गुण हो पाप नहोस जीवन
प्रेम दिवसले बढाओस प्रेम श्राप नहोस जीबन

भूगोल र संस्कृतिको घेरामा प्रेम सीमित रहन्न
मानबीय भावना हो यो कुनै नाप नहोस जीबन

बासनाको मृगतृष्णामा नटुंगियोस प्रेम दिवस
जात, धर्म अनि कुनै बर्गमा माप नहोस जीवन

एक मनले अर्को मनलाई ईसारा मै बुझ्ने प्रेम
घायल भएर घावै घाऊको छाप नहोस जीबन

प्रेमी-प्रेमिका, बिबाहित सबै जोडीको प्रेम बढोस
अझै बाँचु हाँसु लागोस पश्चाताप नहोस जीबन

मान्छे मान्छेमा प्रेम रहोस नहोस कुनै बैमनश्य
मानबीय संबेदना बिनाको राप नहोस जीबन

प्रेममय बनोस संसारै स्वागत छ प्रेम दिवस
रातो गुलाब साटेर लिंदा अफाप नहोस जीबन

बेलायत
१३ फेब्रुअरी २०११

(Sent to Sanjaal Corps via Email)