Pawan Aalok – Timro Pratikshya Ma

पवन आलोक – तिम्रो प्रतीक्षामा
(मधुपर्क पुस, २०६७)

तिमी आउँछ्यौ भनेर
युगौंदेखि कुरी बसें
प्रत्येक बाटाहरुमा
आँखा विछ्याएर बसें
तर तिमी आइनौ
न कुनै खवर
न कुनै सन्देश
कैंयौ वर्षहरु बिते
कैयौं युगहरु बिते
तर तिमी आइनौ
जसलाई आफ्नो ठानेथें
त्यो नै विरानो भयो
आफ्नै आँगन
मेरो लागि परदेश भयो
तर पनि
मलाई अझ छ विश्वास
सूर्योदयसँगै
मेरो संसारभर
ढकमक्क उज्यालो छर्दै
एक दिन तिमी अवश्य आउने छौ ।