Nawaraj Subba – Ma Naharayeko Suchana

कसैलाई कहीँ पर्खाएर
म यहाँ यसै अल्मलिइरहेछु
वाध्यताको झरीमा रुझिरहेछु
खुट्टा थाकेका छैनन्
ईच्छा मरेका छैनन्
यात्रा टुङ्गेको छैन
कुहिरो नहटुन्जेल
आफैमा ओत लागेको छु
सम्झ झाडी पन्छाउदैछु
गोरेटो खोज्दैछु बनाउदैछु
हालखवर के बताऊँ साथी !
माया नमार्नु बिन्ती
पर्ख म आउदै छु
बिहानी मुहार लिएर
हराएका मुस्कान बोकेर ।