Sharmila Pokhrel – Pardesh Ma Mero Desh

शर्मिला पोखरेल – परदेशमा मेरो देश

मेरो देश
मसँगै प्लेनमा चढ्यो
र मेरै छेउको सिटमा बस्यो
मेरो देश मैले लाउने
रातो टिका र पोतेमा आयो
मैले बोल्ने नेपाली भाषामा आयो
मेरो देश
गायत्ती मन्त्रमा आयो
पुजाको कोठामा आयो
मेरा मनमा भएका
तेत्तिसकोटि देवतामा आयो
को भन्छ,
मैले देश छोडेर आएँ रु
मेरो देश त सधैं
मेरो छाया भएर आयो
मान्छेहरु भन्छन्
म परदेश आएँ
तर जहाँ पुगे पनि
मैले मेरो देश मसँगै पाएँ ।