Basudev Dhakal – Jeevan Ko Paribhasha

वासुदेव ढकाल – जीवनको परिभाषा
(मधुपर्क मंसिर, २०६७)

जीवनको परिभाषा
तिम्रो अलग छ, मेरो अलग छ ।
भोगाई फरक भएर होला
अनुभव र अनुभूतिका
व्यथा अलग छ ।

आकाङ्क्षाको सीमारेखा
सबको बढ्दो छ ।
प्राप्तिको चाहनाको पारो
झनै चढ्दो छ ।
सास नगएसम्म सबलाई
आशै आश छ ।
तृप्ति कहिल्यै छैन
सधैं प्यास छ ।