Abir Khaling – Aaitabaar

अबिर खालिङ्ग – आइतबार

हत्केलाबाट पखालेर व्यस्तताका रहल दिनहरु
आइतबार सुम्सुम्याइरहेछु
माकुरोको जालो झार्छु यादहरु गन्दै
पुराना तस्वीर बोकेका फ्रेमलाई पुच्छु
आइतबार हुन्छु ।

हेंगरमा झुण्डिएको छ कोट ।
मेरो आदिमतालाई कलेवर ।
कति कति दिनहरूलाई, पलहरुलाई, उत्सव र आयोजनाहरूलाई
भद्रता र शालिनता हिंडिदिएको छ
सोंच्छु
कोटलाई म कि
मलाई कोट?
यसरी आइतबार हुंदैछु ।

नानीहरुलाई स्कुल ठीकै जांदै होलान ।
होमवर्कको जंगलमा उसको अधकल्चो ‌ज्ञानले
समाधानकि मृग पकडिंदै छे कि कोनि ?
शंकाको बतासले प्रत्येक बिहान चियासंग डाम्छ ।
निंद्रा नपरेका कोल्टे फेराई उकाली रातसंग
उसको सुडौल शरीरको तिर्खा लाग्छ ।
आईतबार हुंदा झन
फुर्सदका केही पलहरुले तिर्खा थप्छ ।

(Sent to Sanjaal Corps via Email)