केदार श्रेष्ठ ‘गगन’ – पर्खी बस्छ बगर सधैँ
फूलले माया गर्दा–गर्दै बास्ना उडिजानी
पर्खी बस्छ बगर सधैँ बगि जाने पानी
लाग्छ मलाई भएँ आज त्यस्तै मै पनि ।
पिडाहरु उर्लि आउँछन् भाका फेरीफेरी
आगो बल्छ मनभित्र झल्को आउँदाखेरि
निभाउन मनको आगो पाइनं कतै पानी
अधकल्चो भयो मेरो प्यासी जिन्दगानी ।
माया भन्नु सधैँभरि बल्झिरहने घाउ रै’छ
तर्दा–तर्दै नदी बिच डुबि जाने नाउ रै’छ
बग्यो होला कति–कति सुनकोशीमा पानी
आशैआशमा जान्छ क्यारे मेरो जिन्दगानी ।