Shikhar Arohan – Kabiharu Jadyaha Hoinan

शिखर आरोहण – कविहरू जड्याँहा होइनन्
(Sent to Sanjaal Corps via Email)

जड्याँहा,
जो एक थोपामा
आनन्द पाउँछ,
थकाइ मेट्छ

कवि
जीवन जीउँछ,
जो एक शब्दमा
देश पाउँछ ,
आफूलाई नै पाउँछ,

पाउँछ वर्तमानलाई !
जड्याँहा कवि बन्ला,
तर कवि
जड्याँहा बन्दैन !
कविहरू,
पीउनलाई पीउछन्,
जड्याँहा होइनन् ।
एक थोपामा
संसार देख्ने
र इतिहासलाई हाँक्ने
के जड्याँहा हो र ?
जड्याँहा,
चौतारीहरूमा थकान मेटन्
पीउछ, सायद पीउनुपर्छ,
कवि
चौतारीहरूमा देश खोज्न,
पीउँछ, सायद पीउनुपर्छ ।
जड्याँहा व्यक्तिहरू हो,
कवि,
देश हो
वर्तमान हो
सृष्टी हो
सिङ्गो राष्ट्र हो,
एकान्तमा
एउटा परिकल्पना हो,
कविता हो
मानव हो
र हो एक कवि
जाँड
जड्याँहालाइ पिँउछ,
जाँडलाई

कवि पीउँछ
त्यसैले
कविहरू जड्याँहा होइनन्,
कदापी जड्याँहा होइनन् ।

रगतका थोपाथोपाहरूमा
जहाँ देश भेटिन्छ
र भेटिन्छ
राष्ट्रियता र मानवता
बेबीलोनका बगैंचाहरूमा
फल्ने फलहरूका आकार
जहाँ,
बग्छन् रगतका खोलाहरू
त्यहाँ,
पाउँछन् जड्याहरू कवि !
एउटा अकृति जब हिडिरहन्छ
अरू कुल्चिरहेछन्
त्यहाँ पाउछन,
जड्याँहरू कवि !
अल्कोहलका गन्धहरूमा
जहाँ भेटिएका छन्
स्वतन्त्रताहरू
के त्यो रक्सी हो ?
जड्याँहाहरू ती हुन्
जो पानी बेचिरहेछन्

रमाइरहेछन्
अल्कोहलहरूमा ।
तर कविहरू,
पानी किन्छन्
मानौ उनीहरूको
अल्कोहल हो त्यो,
जहाँ भेटुन् उनीहरू
एउटा मन, र नशा
सदा उन्नती तर्फ ।
कविहरूले कहिल्यै जानेनन्,
लेबलका डोबहरू,
आयातीतका सुगन्धहरू,
उनीहरू रहीरहे, त्यही देशमा,
त्यही परिवेसमा,
राष्ट्रको लागि,
जड्याँहा तथानाम बोल्छ
र गर्छ उल्टोहरू,
उ प्रण गर्छ
पुल बनाउन
जहाँ नदी बगेको छैन,
कविहरूले त्यसो कहिल्यै गरेनन्,
अर्थात्
कविहरू जड्याँहा होइनन् ।