Balkrishna Aajad – Dashain : Timilai Mero Sujhab

बालकृष्ण आजाद – दशैः तिमिलाई मेरो सुझाब

ए दशै तिमि आउदैछौ-
तिमि आउनु अगावै
तिमिलाई म
केहि कुरा भन्छु,
सुन ल !

दशै,
बितेका दश बर्षझै
तिमि आउदा
युद्धका पूर्व निर्धारित कार्यक्रम
रद्द गर्नु पर्देन
बन्दका कार्यक्रमहरु फिर्ता गर्नु पर्देन
यसपटक त
शान्ति सम्झौता भएको छ
तिमि आए हुन्छ
तर,
ख्याल गर्नु
सडकहरु अझै निस्फिक्री
गुडिरहेका छैनन्
तिमि आउने दिनमा
गौर जाग्न सक्छ!
कृष्णनगर उर्लिन सक्छ!!

दशै,
बिगतमा तिमि आउदा
गृहयद्धको त्यो बिशम
परीस्थितिमा पनि
हिमाल/पहाड/तराईमा
एकै साथ आउथ्यौ
यसपटक त
१२ बुँदे सहमती भएको छ
तिमि आए हन्छ
तर,
मन नदुखाउन
थवाङका मगर बस्तिमा
तिमि बहिष्कृत हुन सक्छौ!
डोटिका बस्तिमा
तिमिलाई भेट्न दलित हुलहरु
मन्दिर प्रबेश गर्न खोज्दा
तिमि झडपमा पर्न सक्छौ!!
ख्याल गर्नु,
तिमि मधेशको दशै,
पहाडको दशैमा बिभत्त पारीन सक्छौ

दशै,
तिमि आउदैछौ
तिमि आउनु अगावै
कुनै जात र बर्गको नभएर
स्वतन्त्र भएर आउनु
मंसिर ६को
संबिधान सभा चुनाबलाई
ध्यानमा राखेर आउनु
यसलाई सफल बनाउने
शन्देश बोकेर आउनु!

अन्तमा
कुनै जातको नभएर आउनु
कुनै बर्गको नभएर आउनु