Bhupendra Subba – Bajiya Ankha Haru

भुपेन्द्र सुब्बा – बजिया आँखाहरू

बरू झुण्ड्याइदिउँ उँधोमुण्टे
बजिया आँखाहरू १
सीधा हेर्नुको अभियोगमा दर्ता
मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा ।
कसले देख्नु भनेको थियोरु
घनटाउके प्रश्नझैँ
घनटाउके मान्छेहरूरु घनटाउके सपनाहरूरु
निधारमा गुजुल्टिएर नसाहरु भतभत छन्
युद्दको पीरो निस्श्वास फुक्दै।
सडकमा मान् कि बारुद हिँडेको होरु
आकासमा चरी कि बारुद उडेको होरु
नदीमा माछी को बारुद पौडेको होरु
कुन्नि कसले छाडेको लावारिश ब्रिफकेशभित्र
खाँदिएको चीसो शङ्कझैँ मन
डरसरि उठाउँदै राख्नु छ।
बजिया आँखाहरू।

पल पल क्यार्र क्यार्र काठकीरा
घरको मूलखाँबो किट्दै बज्छ।
कुरुस बोक्नेहरूलाई सोधौँ लाग्छ, खोइ त्यो मान्छेरु
ँजन्नत’ भन्नेहरूलाई सोधौँ लाग्छ, खोइ त्यो मान्छेरु
स्वर्ग भन्नेहरूलाई सोधौँ लाग्छ, खोइ त्यो मान्छेरु
अबोध त्यो मान्छे हराएको सुचनाहरुको बजार छ।
निश्छल त्यो मान्छे ठगिएको दुर्वल आवाज छ।
दुर्वल त्यो मान्छे दबिएको ठूलो आवाज छ।
सीधा त्यो मान्छे रेटिएको रोगी चीत्कार छ।
छ्यास् अनुहारमा दिक्कलाग्दो उडिरहने झीँगाहरु१
बाहिर निस्किएर एकफेर कराऊँ लाग्छ,
अलिकति सफा हावाको कतिरु
अलिकति खुल्ला आकाशको कतिरु
अलिकति चोखो पानीको कतिरु
अलिकति हरियो डाँडाको भाउ कतिरु
दिन बन्दूकको नालमा तेर्सिएर सुत्छ।
रात मसानघाटमा तर्सिएर उठ्छ।
भन, एकैबेर शान्तिको कतिरु
भन, एकै मुठ्ठी सासको कतिरु
छ्यास् अनुहारमा घरिघरि आइरहने झीँगाहरु पनि१
मैले फूलबारीमा बाँधिएका मायालु हातहरू
प्रेमिकाको हत्याको दृश्यमा यस्तो नाचेको देखेको थिइनँ।
ँचीस् मुसी चीस्’ खेल्दा झुप्पिएका रमाइला हातहरु
संगीतहरूको हूलमा बम पड्काउँदै नाचेको त देकेको थिइनँ।
मैले बगरमा बस्ती राख्ने जुझारु हातहरू
एकार्काका घर ढाल्दै यस्तो नाचेको कहिल्यै देखेको थिइन।
हेर्नू
फूलबारीमा बिरानो हातहरू। हेर्नू
चीसो गोजीभित्र नमीठो घुसार्दै हिड्नु छ। हेर्नू
सप्पै अमिलो जति घाँटिमा उगेलिएर ढक्क अड्कन्छ।
बजिया आँखाहरू१

भुइँ सोहोरेर हजुरको नजरलाई मेरो सलाम। नदेख्नू
उखेलिएर गाँठिएको जरैजरा आकाश। नदेख्नू
तानिएर चुँडिएको केस्रैकेस्रा धर्ती।
लामो झीनो डोरीमा पृथ्वी डल्लो झूण्ड्याएर
मुक्काबाजीमा अभ्यासरत् छन् मनहरू। के गर्नुरु
बरू उँधोमुण्टै झुण्ड्याइदिउँ१
धमिलो ऐना अगाडि उभेर
आफू आफू नहुनुको क्रुरभन्दा क्रुर बिम्ब
सहृदय हेरिदेऊँ। या अल्टएर गरेको कल्दरको फेर पक्रेर
साँच्चै सुग्घर हुनुको भ्रम फुल्लिएर
नरमाइलो सन्तोष हत्तु होइन्जेल पो मुस्काइदिउऊँ।
के छ ररु
के छ ररु खालि
खालि सीधा हेर्नुको अभियोगमा दर्ता
मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा
बजिया आँखाहरू