Balkrishna Magar – Dukhad Niyati

बालकृष्ण मगर – दुःखद नियति

यी मध्यान्ह जति
आत्महत्या गरिरहेछन्।
दिउसै दिन डूबे पछि
सडक आफ्नो स्वतन्त्रतालाई खुम्च्याएर
जीबन संगत बन्न खोजिरहेछ।
यतिखेर,
कैदि भएका छन्
नेल्सन मण्डेला र महात्मा गान्धिहरु
र त,
पासा खेलिरहेछन्
इदि अमिनहरु
निर्दोष नागरिकहरुको
भबिष्यलाई च्याँखे थापेर
रोम जलोस न के भो र ?
जल्नु त यसको नियति हो
जति जल्दै जानेछ रोम
त्यति फुक्दै जाने छन् निरोहरु बाँसुरी ।