Binod Khadka – Kalpana Bhitra Ko Mitho Sapana

देशमा प्रजातन्त्र आएको छ रे
भोट हाल्न जाने हो की
गाँउको चौतारीमा बसेर
कान्छीसंग माया पो लाउने हो की ।

शहरमा रमाईलो छ रे
उतै पो भाग्ने हो की
माईलादाईसंग झोला बोकी
फेरी मुग्लान नै र्फकने पो हो की ।

लेकतिर रमाईलो छ रे
साँझमा रोधी पस्ने हो की
र्साईलीको भट्टिमा पसी
फेरी तुम्बा पो तान्ने हो की ।

ठूलाबाको हुक्का तानी
सर्को लाउँने हो की
कान्छी आमाको बारी पसी
काक्रा फस्री हो की ।

के गर्ने के नगर्ने
खुट्याउनै सकिएन
झल्याँस्स ब्युझदा प्रवासमा
मीठो सपना पत्याउनै सकिएन ।

दोहा, कतार