Bhagawati Basnet – Maya Bhanne Timro Naaso

भगवती बस्नेत – माया भन्ने तिम्रो नासो

माया भन्ने तिम्रो नासो मास्नै पर्यो मासि दिएँ
धेरै पल्ट रोए अनि आँसु पुछि हाँसि दिएँ ।

दुनियाँ यो हाँसेको छ दु:ख मेरो देखेपछि
तिम्ले दे’का चिनोहरु मैले सबै नासि दिएँ

डाँडा पाखा रमाएर खुसी हुँदै हिँड्ने बेला
मनभरिका इच्छाहरू अनयासै तासि दिएँ

को सँग छ चोखो मुटु मलाई साथ दिन सक्ने ?
मेरो माया बिक्रिमा छ भनी पर्चा टाँसि दिएँ.