Moti Ram Bhatta

दुई आँखीभौं त तयार छन

दुई आँखीभौं त तयार छन, तरबार पो किन चाहियो,
तिमी आफू मालिक भैगयौ, सरकार पो किन चाहियो १

पहरा कडा क कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो २

कति चम्किलो छ हंसाईको हिसिमा किरन पानी दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो ३

* By kbs at 08/04/2008 – 15:15
* गजल
* मोतीराम भट्ट