Raj Kumar Kanchha – Prakriti Le Dharti Ma (Nepali Gajal)

राजकुमार कान्छा – प्रकृतिले धर्तिमा (गजल)

प्रकृतिले धर्तिमा एउटी परी बनाको छ
चञ्चले बतासले खबर यो जनाको छ

इन्द्रेणीका के कुरा, फूल पनि लजाउँछन्
सप्तरङ्ग छोडौं रङ्ग जति सब खनाको छ

निगाह नसालु, विषालु नजर, ओँठका के कुरा
चीज बाँकी छ र के ? सब थोक बनाको छ

लाखौं तारा थोरै हुन्छन् उनको चेहेरा सामू
जूनलाई नचम्किन उनकै खातिर मनाको छ