Chandra Ghimire – Sudkhor Dashain

चन्द्र घिमिरे – सुदखोरदशैं!
(Source: Himal Khabar)

दोर्जेलाई भेडी चराउन अरब पठाउने दलालझ्ैँ
सधैँ पाल्सी कुरा गर्नेे
कसैकहाँ घन्चमन्चसँग आउने
कसैलाई महँगीले दम बढाउने
छोरीलाई फरिया छेक्दा
ए खुर्माने कालो बना-बना भन्दै छेको हाल्ने
सुदखोर दशैँ
तकसेरा लेकको जात्रा भरेर
घर्कंदैछ यत्तै
कसलाई खुइल्याउने हो यसपाला?
द्वन्द्वमा लोग्ने बेपत्ता पारिएकी
गौँथली सर्केनीको चोटामा
के आउला यो दशैँ समावेशी मुस्कान भिरेर?

One thought on “Chandra Ghimire – Sudkhor Dashain”

Comments are closed.