Shyamal – U Kunai Naam Chhaandaina

बुस, गोर्भाचोभ, तेङ वा राजीव गान्धी
अहँ, ऊ कुनै नाम छान्दैन
कुनै पनि नाम
सद्दाम होस्
चाहे कुवेतका अमीरको नाम होस्
या अली खमेनीको
मैले थुप्रै नाम दिएँ
तर उ नाम छान्दैन
उ कसैलाई महान् मान्दैन
सस्र्यूँको बोटमाथि टप्केको
एक थोपा शीतको ऐनामा
हिजो उसले हे¥यो आफ्नो सफा अनुहार
र आज साँझ पियो
दुई गिलास रक्सी
मैले उसलाई भनें—बुस, गोर्भाचोभ
अहँ, ऊ कुनै नाम छान्दैन
बस्
एउटा नाम उसलाई मन पर्छ —
कोक कारखानाबाट निकालिएको
कुनै हरुवा मजदुरको नाम
जितबहादुर
जो ऊ आफैं हो
मैले उसलाई भनें—
बुस, गोर्भाचोभ
तर ऊ नाम छान्दैन