टिकाराम उदासी – उत्साहको गीत बन्नु
उत्साहको गीत बन्नु जाँगरको खानी
मान्छेजस्तो मान्छे बन्नु मेरो बाबु नानी
पढ्ने लेख्ने मात्र हैन, अरु काम पनि
गरे बन्छ यहाँ घर आफ्नो जिन्दगानी
रुनुहुन्न त्यसै त्यसै गर्नुहुन्न झगडा
डुल्नुभन्दा बिनाकाम पढ्नु राम्रो बानी
कापी किताब मिलाईदिनु बोकि दिनु झोला
स्कुल सँधै भाइ बहिनीलाई लानु तानी तानी
आदर गर्नु ठूलालाई सानालाई मायाँ
नगर्नु नि गालि पनि कुनै जानाजानी