Asha Gurung – Bhawana Timro Naam Ma

आशा गुरुङ – भावना तिम्रो नाममा

तिमी हिडयौ आफ्नै सुरमा
म हुनुको अर्थ तिमीमा छैन
म पनि त मान्छे
पत्थर जस्तो मुटु मेरो छैन

कति घुर्की लाँउछौ मलाई
त्यो सहनसीलता अब ममा छैन
रित्तो भइसँके आफु तिम्रो लागि
अब बाँकी दिने मसँग केही छैन

अझै पनि म त सपर्पित नै छु
तिम्रो तृप्‍ति म भित्र मेटिएकै छैन
आउ, पोखिदेउ बरु एकै सासमा
फेरि फेरि यो घाऊ दुख्नने छैन

यो संसार बाट मुक्त हुन पाएे
कदापि तिम्रो बाटोमा म काँडा बन्ने छैन
कतै गलतिले बाँचिहाले भने
फेरि माया गर्ने भुल अब गर्ने छैन

भावनाहरु अनायासै बग्न खोजे पनि
मन मुटु अब साटिने अनि गाँसिने छैन
ह्रदय् भित्र पिडा जति उथलपुथल भएपनि
अब त्यो बाहिर उपहासको लागि पोखिने छैन

तिमी म देखि सात समुन्द्र टाढा गएपनि
तिमीले बनाएको घाऊ सजिलै पुरिने छैन
अब जति आफ्नो बनाउन खोजेपनि
टुहुरो भइसकेको यो मन फेरि आफन्त बन्ने छैन

One thought on “Asha Gurung – Bhawana Timro Naam Ma”

Comments are closed.