बिमला तुम्खेवा – मृत्यु
जीवन
आकाशमा अनन्त भएर बिलाउँदै छ
म जहाँबाट दोस्रो आकाश नियालिरहेछु
म जहाँबाट मृत्यु भोगिरहेछु
धूवाँ भएर
फैलिएको आँसुको रङ्ग
मृत्युको एकादेशमा पृथक् रहने छ
मृत्यु —
सत्य प्राप्तिको मृत्यु हो
तिमीले बाँचेको जीवन
म जल्दै गरेको जीवन
भोग त !
कति सत्यता छ÷कति रिक्तता छ
तिमी बाँचेर पनि हाँस्न सकिरहेका छैनौ
म जलेर पनि पीडामुक्त छु
तिमी बाँचेर पनि अपूर्ण छौ
म जलेर पनि पूर्ण छु ।