सरोज धिताल – ईश्वर र बालिका
बोलायो उसले
मैनबत्ती बाल्दै येशुलाई
क्रसको अगाडि घुँडा टेकेर
घुक्र्यायो उसले
भजन गाउँदै कृष्णलाई
मूर्तिअगाडि हात जोडेर
कपालै खौ¥यो एकदिन
र पहेँलो वस्त्रमा बेरियो ऊ
“धम्मं शरणं गच्छामि” भन्दै
मन्त्रोच्चारण गरिह्यो
गुरुले दिएको जपमाला गन्दै
ईश्वर
केही गर्दा पनि देखा परेन
हाँसिरह्यो बरु कुनाबाट
उसको कुनै वास्ता गरेन ।
दिक्क भएर उसले टाउको उठायो
र छेउमा उभिएकी छोरीको हात समायो
मुसुक्क हाँसी त्यो बालिका जब
ऊ पग्लियो
बालिकाका सुन्दर आँखामा
ऊ हरायो ।
अनि
उसको मनको तार झनझनायो
कृतज्ञतामा ऊ अनायास गुनगुनायो ।
एकछिन अघिसम्म लुकिबसेको
त्यो ईश्वर
दिव्य मुस्कान लिएर अचानक देखाप¥यो
दिव्य हर्षको वर्षा भयो त्यहाँ
त्यही ठाउँमा
जहाँ उसले एकछिन अघि
भगवानलाई– फकायो
बोलायो
घुक्र्यायो
थर्कायो ।