सरोज धिताल – लाहुरेकी तरुनी स्वास्नी
पहिलोचोटि विदेश गएर फर्केकी छ
लाहुरेकी तरुनी स्वास्नी ।
ऊ ठाँटिएकी छ नयाँ लुगामा
गरगहना र अत्तरको सुगन्धमा
र डुलाइरहेकी छ चञ्चल आँखा
क कसले हेरेका छन्,
क कसले देखेका छन्
कसैले हेरिरहँदा पनि झर्को लाग्ने
कसैले नहेरिदिँदा फेरि चित्त दुख्ने
कतै देखेदेखे जस्तो लाग्छ यो चपलालाई ?
भर्खरै सेतो कोट लगाएको डाक्टरको आँखामा
हो कि
तरुण कविको, कविता सुनाउने आतुरतामा हो कुन्नि ?