Sulochana Manandhar Dhital – Bato (Nepali Short Poem)

सुलोचना मानन्धर – धिताल बाटो

शून्य ठाउँमा
एउटा बाटो बनाएँ
बाटो न हो, त्यसलाई कुल्चेँ
हिँडे
गन्तव्यमा
म पुगेँ कि पुगिन
कुन्नि
म आफैँ नै बाटो भइसकेको पाएँ ।