श्यामकृष्ण श्रेष्ठ – यात्री सहस्राब्दीको
बढ्नैपर्छ अगाडि मानिस भई कर्तव्यको मार्गमा
मेरो मित्र, बिलम्ब गर्दिनँ हिडेँ पुग्नै छ गन्तव्यमा
देखेजति हटाइदिन्छु पथमा बाधा तथा बन्धन
पूरा गर्छु अवश्य भित्र मनको उद्देश्य मेरो सुन ।
चाहे पङ्किल पन्थ नै किन नहोस् या होस् घना जङ्गल
चाहे हिंस्रक जन्तु गर्जन गरुन् थर्काउँदै भूतल
मैले गर्नु छ यत्नपर्ूवक नयाँ निर्माण संसारको
यात्री हुँ म सदा समुन्नत सहस्राब्दीसँगै लम्कँदो ।
नागासाकी, हिरोसिमा प्रभृतिको जस्तै अझै दर्ुदशा
हामीले अब देख्नु भोग्नु नपरोस् अर्को कुनै आपदा
जो वैज्ञानिक यन्त्रको भुवनमा निर्माण उत्पादन
हुन्छन् ती अब ता बनुन् मनुजकै कल्याणको साधन ।
ठूलो, सानु भनी विभेद गरिने दर्ुभावना नै नहोस्
मान्छे हुन् सब एक विश्वभरिकै यो तथ्य र्छलङ्ग होस्
दुःखी, नग्न, बुबुक्षु, निन्दित तथा कोही नहुन् दर्बल
यो भूलोक बनोस् समस्त जनकै साझा निवासस्थल ।
सत्यासत्य स्वयम् हरेक जनमा छुट्याउने शक्ति होस्
व्यक्ति-व्यक्ति समष्टिकै प्रगतिमा संलग्न सन्नद्ध होस्
जस्तो जे छ यहाँ बराबर मिली बाँडेर खाउन् सब
सारा विश्वसमाज एक हुनुमै मानुन् सबै गौरव ।
यस्तै शान्त, सुखी, सुरम्य र सदा सद्भाव सम्पन्न नै
यो संसार बनाउने गरिसकेँ मैले त संकल्प नै
धर्तीमा हिँडि नै रहन्छु नअडी आकाश ताकेर म
आफ्नो वाञ्छित लक्ष्य प्राप्त नगरी फर्किन्न, फर्किन्न म ।
बढ्नैपर्छ अगाडि मानिस भई कर्तव्यको मार्गमा
मेरो मित्र, बिलम्ब गर्दिनँ हिडेँ पुग्नै छ गन्तव्यमा
देखेजति हटाइदिन्छु पथमा बाधा तथा बन्धन
पूरा गर्छु अवश्य भित्र मनको उद्देश्य मेरो सुन ।
चाहे पङ्किल पन्थ नै किन नहोस् या होस् घना जङ्गल
चाहे हिंस्रक जन्तु गर्जन गरुन् थर्काउँदै भूतल
मैले गर्नु छ यत्नपर्ूवक नयाँ निर्माण संसारको
यात्री हुँ म सदा समुन्नत सहस्राब्दीसँगै लम्कँदो ।
नागासाकी, हिरोसिमा प्रभृतिको जस्तै अझै दर्ुदशा
हामीले अब देख्नु भोग्नु नपरोस् अर्को कुनै आपदा
जो वैज्ञानिक यन्त्रको भुवनमा निर्माण उत्पादन
हुन्छन् ती अब ता बनुन् मनुजकै कल्याणको साधन ।
ठूलो, सानु भनी विभेद गरिने दर्भावना नै नहोस्
मान्छे हुन् सब एक विश्वभरिकै यो तथ्य र्छलङ्ग होस्
दुःखी, नग्न, बुबुक्षु, निन्दित तथा कोही नहुन् दुर्बल
यो भूलोक बनोस् समस्त जनकै साझा निवासस्थल ।
सत्यासत्य स्वयम् हरेक जनमा छुट्याउने शक्ति होस्
व्यक्ति-व्यक्ति समष्टिकै प्रगतिमा संलग्न सन्नद्ध होस्
जस्तो जे छ यहाँ बराबर मिली बाँडेर खाउन् सब
सारा विश्वसमाज एक हुनुमै मानुन् सबै गौरव ।
यस्तै शान्त, सुखी, सुरम्य र सदा सद्भाव सम्पन्न नै
यो संसार बनाउने गरिसकेँ मैले त संकल्प नै
धर्तीमा हिँडि नै रहन्छु नअडी आकाश ताकेर म
आफ्नो वाञ्छित लक्ष्य प्राप्त नगरी फर्किन्न, फर्किन्न म ।
(साभार: जनमत कविता खण्ड १ २०६४)