Mohan Duwal – Hangaharu Jastai Hangaharu

मोहन दुवाल – हाँगाहरूजस्तै हाँगाहरू

प्रकृतिले सिर्जना फुलाउन जानेर
सृष्टि गरेका हुन् – हाँगाहरू
माया जानेका प्रेम देखेकार्
गर्भर्-गर्भका रहस्यहरू हुन् – हाँगाहरू ।

फलको आस नगरी ठिङ्ग उभिन सिपालु
फूलहरूकै पनि टेको हुन् – हाँगाहरू
घाम छाम्न जानेका, वर्षाद् देख्न पाएका
पृथ्वीभित्रकै मर्महरू हुन् – हाँगाहरू ।

कोण-कोणबाट संकट भोग्न जानेका
कारणले – कारणबाट बनेका हुन् – हाँगाहरू
हाँगाहरूका यात्रा-सर्न्दर्भहरू हेरेर
प्रकृतिभित्रकै मनहरू हाँसिरहेछन् देखेर – हाँगाहरू ।

आफ्नै कलेबरमा बोझ थापेर
आफूभित्रकै त्यागमा रम्न सिपालु – हाँगाहरू
छरपष्ट छन् यिनका भावनाहरू
त्यसैले त बने प्रकृतिकै मेरुदण्ड- हाँगाहरू ।

फूलहरूझैं फुल्न जाँदैनन् – हाँगाहरू
पातहरूजस्तै झुल्न खोज्दैनन् – हाँगाहरू
फलहरूसँग भुल्न जाँदैनन् – हाँगाहरू
तर पनि सबैका मन-ओठ भइदिएका छन् – हाँगाहरू ।

(साभार: जनमत कविता खण्ड १ २०६४)