Rajab – Farak Chha

राजव – फरक छ

कुरुप
भिमकाय बाँझ रुखहरूमा
देखिन्छ
गिद्धहरू, चिलहरू, बाजहरू
र, एकाद कौवाहरू

फरक छ
बाज र
मलेवाको वृक्ष
गिद्ध र
मैनाको वृक्ष
चिल र
सुगाको वृक्ष
कौवा र
कोइलीको वृक्ष

हेर्नु
नयाँ चराहरू
कुन वृक्षमा बस्छन्