फणीन्द्र नेपाल – पिँजरा
यो सुनको हो
यो चाँदीको
अनि यो चाहिँ फलामको
थरीथरीका पिँजरामा
चराहरु लोभिए
तिनीहरुले सुनको पिँजरा रोजे
चञ्चल हुँदै भित्र पसे
सुनको तारमा टेकी
फ¥याफुरुक नाचे
आप्mनो ठाउँ रोजी
हर्षले हाँसे
खेली खाई थाके
पहिलो रात बेहोसीमै सुते।
होसमा आई बिहान उठे
माटाका खपटामा
मालिकले हालिदियो
जूठो चारो र बासी पानी
गोपीकृष्ण भन्– भन्दै
रमाउन थाले साना नानी
बिचरा चरा
भोक प्यास पश्चातापमा
रोए कराए
मालिकले लठ्ठी देखाउँदा
अलिक डराए
उड्न खोज्दा
पखेटा कुँजिएका पाए
उता नजिकै जङ्गलमा
चराहरुले उन्मुक्त गाए
‘कत्ति बस्नु यसरी !’
यता बन्दी चराहरु
पिँजरा फोरी बाहिर आए ।