Shailendra Sakar – Mitrako Mrityuko Shok

शैलेन्द्र साकार – मित्रको मृत्युको शोक
(मधुपर्क २०६६ चैत)

जीवनको आरम्भ र उत्तरार्द्ध
देखाउनु पर्ने बाध्यता हुन्छ थोरै समयभित्र
निर्देशक ईश्वर रचना माथि घोत्लिरहेछ
‘उद्देश्य’ व्याख्या गर्न चाहन्छ शायद मेरा मित्रको जीवनको
ब्रहृमाको एक क्षण हाम्रो हजार वर्ष भएजस्तै
यो पात्रो घडी, पला नाघेर हामी ब्रहृमा हुन सक्नेछैाँ
तर मान्नुपर्छ बाँचेको एक क्षणलाई हजार वर्ष
मेरा मित्रले प्रत्येक दिनलाई हजार वर्ष बनाएर बाँच्यो
चानचुने नगदलाई हिसाव किताब गरेर करोडमा
ब्रहृमाको हजारौं वर्ष पनि आफैँसँग लिएर गयो ऊ
इतिहास नै गलत भएकाले
नयाँ इतिहास बनाउनु पर्छ
भन्दाभन्दै गयो ऊ
मलाई झुक्याएर स्वस्थ छु भन्दाभन्दै गयो ऊ

(अङ्ग्रेजी कवितामा ‘सनेट’ को लामो परम्परा छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपालीमा ‘सनेट’ भित्र्याएका हुन् । सनेट १४ हरफभित्र लेखिसक्नु पर्छ । हालसालै दिवङ्गत भएका मेरा मित्र स्व. कृष्णचन्द्रको सम्झनामा समर्पित छ यो सनेट कविता)