Lakshmi Mali – Anubhuti

मलाई लागिरहेको छ
बगरदेखि शिखरसम्म
लालीगुराँस नै लालीगुराँस फुल्छ
किनकि
पहरा पहरामा
कन्दरा कन्दरामा
खोंचको कुनाकाप्चामा
फाँट र बगर बगरमा
झरझराउँदो
लालीगुराँस
ओइलिन नपाउँदै
झरेको छ
झारिएको छ
यो त उर्बराभूमि हो
यहाँ कुनै पनि बीउ झर्नुमात्र पर्छ
उम्रिन्छ नै
लालीगुराँस गमलामा स्याहारेर
हुर्काएको फूल होइन
विकासे बेर्नाबाट निकालिएको विरुवा पनि होइन
कृत्रिम मल खाएर
समय समयमा सिँचिएको जलले
फुलेको फूल पनि होइन
लालीगुराँस त बनफूल हो
आँधीबेहरी र असिना खाएर फुल्ने
पहिरोको लात खाएर अड्ने
सुख्खा मौसममा
भोकै प्यासै फुल्ने
स्याहार सुसारविना पनि
हलक्कै बढ्ने
त्यो सुन्दर पूmल
जसले फुल्नका लागि
संघर्ष गर्न जानेको छ
त्यसैले
लालीगरुासँ का ेबीउ त्यस ैमर्दनै
त्यो झरझराउँदो रक्तिम फूल
ढुङ्गामा फुल्छ
खोंचमा फुल्छ
किनकि
संघर्षले उम्रेको बोटलाई
संघर्षले नै फुल्न सिकाएको हुन्छ ।