Padma Prasad Mainali – Jastako Tasto

पद्यमप्रसाद मैनाली – जस्ताको तस्तो

कोही उड्छन् गगन विचमा कोही गुड्छन् धरामा ।
कोही रुन्छन् पथ अपथमा नाङ्गीदै यो धरोमा ।।

कोही रम्छन् महलहरुमा शानले भर्भराई ।
कोही घुम्छन् जततत कतै गाँस बास नपाई ।।

कोही खान्छन् मधुमय मिठा स्वादले छानी–छानी ।
कोही भाकै खपि नसकिने कष्टले छट्पटाई ।।

कोही लुट्छन् धन जन कतै मार्दछन् हाई! हाई !!
रुन्छिन् साझा धरती जननी आश त्यन्द्रो नपाई ।।

मेच्छे–३, काभ्रे