Gopal Prasad Rimal – Anshu

नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण
यही मेरो युगयुगको सञ्चित धन
होइनन् यी प्रिय ! विवशताका चिह्न
नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न

म मानव, मानवताको छ सीमा ममाथि
त्यै सीमाको बाहिर पर्छ पूर्णताको मेरो भाग
उरमा प्रतिबिम्बित पारी त्यै पूर्णताको अनुहार
म त्यतैतिर छटपटिँदा भयो यिनको प्रपात

तिमी के भन्ल्यौ के गछर्यौ तिमी
गाँसी यी आँसुको हार
तिम्रो भैmँ अनुहारलाई
सुहाउँदैन आँसुको श्रृङ्गार ः
म भन्दछु मेरै भए पनि
मेरा निम्ति यी होइनन्
देउतासित भेट भएपछि
उनकै पदमा चढिनेछन्—
अनि कुन्नि यी हुन्छन्–हुन्नन्, तर
अहिले यी मेरा जीवन–लक्षण
कमजोरी चिनेको चिह्न
मेरो गतिको स्पन्दन

नरुझिई आँसुले पाए
ताप्न जसले सुन्दर घाम
ती देउता हुन् या ढुङ्गा हुन्
तर—
म, मानव हुँ, म जिउँदो छु
आँसु मेरो प्राण ।

One thought on “Gopal Prasad Rimal – Anshu”

Comments are closed.