Kshetra Pratap Adhikari – Nishthuri Mayalu

क्षेत्रप्रताप अधिकारी – निष्ठुरी मायालु

गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया काठमाण्डौं जाँदा भुलेछ
निष्ठुरी मायालु

बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ
रोदीको डालो छोडेर मौरी नौडाँडा काटी गएछ
निष्ठुरी मायालु

पुरानो माया फाटेर हो कि बिरानो नयाँ रोजेको
माया त बुढो हुँदैन हजुर बिर्सन हो कि खोजेको
निष्ठुरी मायालु

शब्द‌: क्षेत्रप्रताप अधिकारी
स्वर: कुन्ती मोक्तान
संगीत: शीलाबहादुर मोक्तान