Shreeshisha Rai – Pani Rapantaran

श्रीशीशा राई – पानी रूपान्तरण

बगिरहेछ
पानी बगिरहेछ

तर यो अब पानी मात्र रहनेछैन
यो दूध बन्छ अब

बुँद बन्छ अमृतको
त्यसो त यो चाहेमा

जाँड – तरल बनिदिन सक्छ
भाङ – रहलपहल बनिदिन सक्छ
नसा – नसा, मष्तिष्क – मष्तिष्क बग्न सक्छ

बहनलाई त यो पसिना बन्न सक्छ, रगत बन्न सक्छ
कन्फ्युजन छैन………

दूध बग्छ अब सडकमा, अमृत बग्छ
दूध र बँद पानीमा स्खलित भएर

फेरि खोलामा बगेनन् भने अब
गोली मोतीको दानामा रूपान्तरण हुन्छ
अश्रुग्याँस गुलाबमा
कफ्र्यु बजारमा परिणत हुन्छ
लाठी लौरोमा
चक्रपथ बन्छ यात्रा
चक्रपथ