साबित्रा काफ्ले – आँखामा फुलेको जीवन
धानखेतमा
शिला खोज्दै,
उकालो लागेका,
झुमा र मारुनीहरु
सुनकोशीमा रोप्छन
बैशका रङहरु।
फुङ्ग उडेको,
कुपोषीत अनुहार
पारिजात जस्तै,
हतासमा झरेका
उत्कण्ठा,
सम्हाल्न खोजेर
बिहानमा,
छरपष्ट छन्
सुकोमल मनहरु।
अपरिपक्व ड्याङमा,
जबरजस्त रोपिएका,
बालीहरु टिप्दै,
ऊ जिवनको
ब्याख्या गर्छे।
र
सम्झन्छे,
ऊ पनि त्यही माटो हो
जहा बिना अर्थ,
एउटा जीवन सेलाईएको छ।।