बसन्त मोहन अधिकारी – मैले बिष पिएको रै’छु
अमृत भनेर मैले बिष पिएको रै’छु
जीवन दिएर मैले मृत्यु रोजेको रै’छु
आँसु पुछेर उनको आफैँ रुँदैछु आज
यो खुसी लुटाई मैले आँसु साँचेको रै’छु
भिजेर उनको विष ढल्दैछु सडकमा
मलाई डसेर मार्ने सर्प पालेको रै’छु
आफन्त त्यागेर मैले उनको साथ दिँदा
सिन्दुर भरेर मैले चिता मागेको रै’छु ।