Homnath Subedi – Pen Brussels

होमनाथ सुबेदी – पेन ब्रसेल्स

युरोपको कुनै कोप लुकेको ‘पेन’मा थियो
घुम्दै फिर्दै पुगें चुम्न जयन्ती भानुको थियो ।

थियो च्याप्टर पैले नै नामशेष सबै भए
डुबेको नाउ पाएर उद्धार कृष्णले गरे ।

बजगाईं थिए कृष्ण रासलीला गराउने
ब्रसेल्सको सभालाई अनेसास बनाउने ।

जयन्ती देवकोटाको पारेर सातसालमा
पुनर्गठन भो अर्को कार्यकारी ब्रसेल्समा ।

भए अध्यक्ष आफै नै मान्छे खोज्न स्वयम् बढे
नेतृत्व लाजले हुन्न अगि सर्नू प्रचण्डले ।

‘पेन’ हुँ मसी नै खान्छु झण्डा बोकेर सागको
गुन्द्रुककैको सही झोल नेपाली पहिचानको ।

तपाईंको घरैमा छु हातैमा छु सँधैभरि
‘पेन’ हुँ सबको पीडा लेखेर रुन्छु धर्धरी ।

प्रभूत्व कामना राखी लडेका मानिसैहरु
मरे पनि उठेका छन् भन्छु यो निबले बरु ।

आफू आफ्नो छ यो जाति ‘नेपाली’ लिंक संस्कृति
जनजाति मिली बाचौं भन्छु मै ‘पेन’ दुष्कृति !

१०

न भए देशको चिन्ता यो सभा आज हुन्नथ्यो
न भए सोच्नुको शाप ‘पेन’ले दुःख दिन्नथ्यो ।

११

आफ्नो प्यारो सबैलाई हाम्रो प्यारो हुदैरहोस् ।
ब्रसेल्सको सभालाई ‘पेन’ यो सगुनै हवोस् ।

१२

रसिया पोर्चुगीज युके तिमीलाई सकाउने
‘पेन’ छन् रे अनेसास ‘पीडा’ ले नै जगाउने ।

१३

धन्यवाद गिरीलाई बजगाईं रमेश हो !
कुम शाही रिमालै छन् विनिता खिम भाइ हो !

१४

जयन्ती भानुको पारी भेटें अपूर्व यो घडी
समायौ हातमा ‘पेन’ धन्यवाद सधैंभरि ।

१५

पसेको हुँ मुसो जस्तै बाजा जस्तै बजी हिडेँ
यायावर म हुँ श्रेष्ठ मधुको हातमा पुगें ।

वुडब्रिज, भर्जिनिया